२७ बैशाख २०८१, बिहिबार
Header

भोलि काठमाडौंमा ‘स्तुपा देखि स्तुपा’ सम्म दौड प्रतियोगिता हुँदै


प्रकाशित: शुक्रवार, २६ माघ २०८०, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । भोलि (शनिवार) काठमाडौंमा ‘स्तुपा देखि स्तुपा’ सम्म दौड प्रतियोगिता हुने भएको छ ।


विश्व विख्यात ट्रेल खेलाडी मिरा राईको नाममा स्थापित संस्थ मिरा राई इन्नेसिटिभको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । 


५४ किलोमिटिर र ३५ किलोमिटर गरी दुई विधामा सञ्चालन हुने खेलमा विभिन्न १५ विदेशी देशका खेलाडी सहित २५० जना सहभागी हुने आयोजकले जनाएको छ ।


आयोजका अनुसार ५४ किमिको दौड स्वयम्भू स्तुपाबाट हुनेछ भने ३५ किलोमिटरको मुड्खुबाट हुनेछ ।


दुवै दौड विहान ७ बजेबाट सुरु भई बुलेका ४ सम्म सकिने आयोजकले बताएको छ । 

 


यस प्रतियोगितको ५४ किमिको दौडमा प्रथम हुने महिला÷पुरुषलाई रु ५० हजार नगद, द्धितिय हुनेलाई ३०,००० हजार, तृतिय हुनेलाई १५ हजार, चौथो हुनेलाई १० हजार र पाँचौ हुनेलाई ५ हजार नगद पुरस्कार दिइने भएको छ । 


त्यसैगरी, ३५ किमि दौडमा प्रथम हुनेलाई २० हजार, द्धितियलाई १० हजार, तृतीयलाई ५ हजार र चौथोलाई ३ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । 


साथै दुवै तर्फको प्रतियोगिताका प्रथम बिजेतालाई ट्रफी र सहभागी सम्पूर्ण फिनिसरलाई प्रमाणपत्र र मेडलको व्यवस्था गरिएको छ । 


तस्वीरहरुः रमेश शाक्य/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD