काठमाडौं । भोलि (विहिवार) काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित हुने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गरी विहिवार काठमाडौंको विभिन्न स्थानमा ¥याली, जुलुुस तथा प्रदर्शन हुने भएकोले यातायात प्रभावित हुने जनाएको छ ।
‘भोलि बिहीबार उपत्यकाका विभिन्न स्थानमा ¥याली र जुलुस प्रदर्शनको कार्यक्रम रहेकाले अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन आग्रह गरेको छ । ट्राफिक प्रहरी कार्यालयले भोली उपत्यका भर नै सवारी आवगमनमा असहजता श्रृजना हुनसक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको हो ।’ जारी सुचनामा उल्लेख छ ।
अत्यावश्यक कामका लागि मात्रै गाडी लिएर निस्कन ट्राफिकको आग्रह गरेको छ ।
सडकमा निस्कनु अगाडि १०० वा १०३ मा टेलिफोन गरेर वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिन समेत सूचित गराएको छ ।
सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न आग्रह समेत गरेको छ ।
दुर्गा प्रसाईं समूहको बल्खु र एमालेको भातृ संगठन युवा संघको तिनकुनेमा सभा गर्ने भएकोले काठमाडौंको विभिन्न स्थानबाट जुलुस तथा ¥याली निस्कने कार्यक्रम छ ।
यस अघि नै काठमाडौं तथा ललितपुर जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा समेत गरी सकेको छ ।
Categorized in स्थानिय