काठमाडौं । निर्वाचन आयोगले असार १ गते बुुधवारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ ।
आयोगले मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।
मंगलवार आयोगले एक विज्ञप्ती जारी गरि मतदाता नामावली संकलन तथा अद्यावधिक बारे जानकारी उपलव्ध गराएको छ ।
कुनै पेशा, व्यवसाय वा अन्य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाबाटदर्ता गर्न सक्ने व्यवस्था गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तै मतदाताले मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विविवरण सच्याउनलाई प्रमाणदसहित निवेदन दिनु पर्ने आयोगले जनाएको छ ।
विज्ञप्ती

Categorized in राष्ट्रिय