७ भाद्र २०८३, आइतबार
Header

भोलिबाट देशभर प्रदर्शन हुने चलचित्र ‘कीर्तिपुर’ किन हेर्ने ?


प्रकाशित: विहिवार, १२ असार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रदिप खड्गीको निर्देशनमा तयार भएको ऐतिहासिक चलचित्र कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ असार १३ गतेबाट देशभर प्रर्दशन हुँदैछ । । 


बहुप्रतिक्षित चलचित्र ‘कीर्तिपुर’ शुक्रवारबाट उपत्यकासहित देशकासबै क्षेत्रमा प्रदर्शन हुने निर्देशक खड्गीले जानकारी दिँदै चलचित्र हेर्न सबैलाई आग्रह गरेका छन । 


गोर्खा र काठमाडौंको युद्धको ईतिहास पर्दामा रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको यस चलचित्रले ईतिहासमा नाम नआएका वीर वीरंगनाले कसरी कीर्तिपुरको रक्षा गर्न आफ्नो बलिदान दिएका थिए भन्ने बारे दर्शकलाई बोध गराउने छ । 


चलचित्र सबैले पात्रहरुले जीवन्त अभियन गरेकोले पनि त्यसबेला पृथ्वीनारायण शाहको एकिकरण अभियानले उपत्यकामा परेको हिस्टोरिकल चर्चा हेर्न लायक रहेको निर्देशक खड्गीले दावी गरेका छन ।


राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र आधारित चलचित्र ‘कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ लामो समय सेन्सरको चपेटामा परेको थियो । 


यो चलचित्रको ट्रेलर केही समय अगाडी रिलिज गरिएको थियो भने ट्रेलरले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले राजधानीका एक कार्यक्रमका यस अघि नयाँ गीत पनि सार्वजनिक गरेको थियो । 


गीतमा कीर्तिपुर आक्रमणका दृश्यहरु समावेश गरिएको यस चलचित्रमा चलचित्रमा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको निर्देशक प्रदीप खड्गीले बताएका छन । 


साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण गरिएको ‘कीर्तिपुर’ मा नेपालभाषाको लोकप्रिय चलचित्र ‘राजमति’ चलचित्रकी नायिका हिसिला महर्जनले कीर्तिलक्ष्मीको शिर्ष भुमिकामा अभिनय गरेकी छिन । 


उनको श्रीमानको रुपम उनकै वास्तविक पति कलाकार मणिराज लवटले अभिनय गरेका छन् भने पृथ्वीनारायण शाहका रुपमा अभिनेता यशराज गराच देखिने भएका छन् । 


अन्य कलाकारहरुमा काजी धनबज्रको रोलमा मदनदास श्रेष्ठ, बीर नरसिंहको  रुपमा विनोद श्रेष्ठ, मकर सिंहको रुपयमा सुशील राजोपाध्याय, मानबीरको रुपमा सुन्दरलाल श्रेष्ठ, भुयुमायाको  रुपमा लक्ष्मी गिरी, चिनी मायाको रुपमा मञ्जु श्रेष्ठ रहेका छन ।

 
त्यसैगरी सुर प्रतापको रुपमा सुनील भट्टराई, कालु पाण्डेको रुपमा उदय श्रेष्ठको साथमा  सुरबीर पण्डित, सञ्जय शर्मा राजोपाध्याय , शिला साय्मि, रश्मी नापित अनि कीर्तिलक्ष्मीको युवा भुमिकामा अन्जला नकर्मि लगायत धेरै कलाकारहरुको  अभिनय रहेको फिल्ममा कला निर्देशक के.के. मानन्धर, सिनेमाटोग्राफी नबीन जोशी र शंकर महर्जन, द्वन्द उदय श्रेष्ठ , मेकप अमृत मरहठ्ठा र डे«स डिजाइनर उद्धवराज भट्टराईं जुंगेको रहेको छ । 


फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । नयाँ पुस्तालाई इतिहास जान्न र बुझ्न भए पनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ । 


अनन्त कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्र निर्माणमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन् । शंकर महर्जन र नविन जोशीले चलचित्र खिचेका हुन् । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडि कम्पनीले वितरण गर्दैछ ।

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex