१८ बैशाख २०८१, मंगलबार
Header

भोलिबाट जनबहाःद्यको रथ यात्रा सुरु, रथ निर्माण धमाधम 


प्रकाशित: सोमवार, ३ बैशाख २०८१, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । बर्षा र सहकालको देवताको रुपमा चिनिने जनबहाःद्य (सेतो मछिन्द्रनाथ) को रथ यात्रा भोलि(मंगलवार)बाट सुरु हुने भएको छ । 


रथयात्राको लागि जमलस्थित तीनधारा पाठशाला नजिक रथ निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । 


सेता मछिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई दरबारमार्गस्थित तीनधारामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गराउने प्रचलन छ ।

 

 


मंगलवार साँझ ३२ हाते लामो रथमा सेतो मच्छिन्द्रनाथको प्रतिस्थापन गरेपछिट घण्टाघर हुँदै असन चोक सम्म रथ लगिने छ । 


सोही राती असनमा राखिएको रथ राष्ट्रपतिबाट दर्शन गरेपछि रातभर असनमै राखिन्छ र भोली पल्ट रथ तानेर असन, इन्द्रचोक, हनुमानढोकास्थि कालभैरव लगिने छ ।

 
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD