१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भोलिबाट काठमाडौंको यी स्थानमा ६ घण्टा बत्ति जाने


प्रकाशित: मंगलवार, ४ बैशाख २०८१, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलवार एक सुचना जारी गरी काठमाडौंका विभिन्न स्थानमा ६ घण्टा विधुत आपुर्ति बन्द हुने जनाएको छ । 


भोलि (बुधवार)देखि ८ गते शनिवारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ । 


विद्युत आपुर्ति बन्द हुने क्षेत्रहरुमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमीमा बत्ति नुहने जनाएको छ । 


त्यसैगरी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) पनि बत्ति आपुर्ति हुँदैन । 


प्राधिकरणको प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर (तार) ले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा विद्युत आपुर्ति बन्द हुने भएको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex