काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा १६ का वडा अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
वडा अध्यक्ष रिजालले आचारसंहिता विपरित काठमाडौं–७ (२) मा नेपाली कांग्रेसको प्रदेशसभाका उम्मेदवार सविन तामाङको प्रचार प्रसारमा हिँडेको र उनलाई जिताऔं भन्दै सामाजिक सञ्जालमा भोट मागेको कारण जनाउँदै स्पष्टीकरण माग गरेको हो ।
आचारसंहितामा स्थानीय तहको कार्यपालिका सदस्यले कुनै पनि उम्मेदवारको पक्षमा मत माग्न पाउने व्यवस्था छैन ।
Categorized in स्थानिय