११ बैशाख २०८१, मंगलबार
Header

भोटोजात्रा देखाएसँगै मच्छिन्द्रनाथाको जात्रा सकियो


प्रकाशित: आईतबार, २६ जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकाका ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको अवसरमा आईतबार भोटोजात्रा देखाईएको छ । 


राष्ट्रपतिले अवलोकन गर्ने परम्परा भएकोले राष्ट्रपति विद्यादेवी भण्डारी जात्रामा सरिक भएका थिए । सोही अवसरमा उहाँले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन गरे । 


अपराह्न ५ः२२ बजेदेखि गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले तीन पटक चारै कुनामा फर्केर १५ मिनेटसम्म सर्वसाधारणसँग प्रमाण माग्दै भोटो देखाएका थिए । 


कार्यक्रममा कावा प्रधानमन्त्री ईश्वर पोखरेल तथा मन्त्रीहरु, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, ललितपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य सहभागी हुनुहुन्थ्यो । भोटो देखाउनुपूर्व नेवारी पहिरहनमा सजिएका महिलाले नेवारी नृत्य प्रदर्शन गरेका थिए ।  


गुठी संस्थानका प्रमुख पौडेलले मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएपछि वर्षा र सहकाल हुने विश्वास रहिआएको उल्लेख गरेका थिए । 


काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD