५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भोटाहिटी देखि टुकुचासम्मको ढल निर्माण हुँदै (तस्वीरहरु)


प्रकाशित: आइतवार, २२ पुस २०८०, १६ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २७ को कमलाक्षी, असन, भोटाहिटीदेखि टुकुुचा सम्मको ढल निर्माण कार्य भईरहेको छ ।

 
वडा कार्यालयले विगतदेखिनै यस क्षेत्रमा ढलको समस्या रहेकोले ढल निर्माण कार्यलाई तिव्रता दिएको जनाएको छ ।


कमलाक्षी देखि असन हुँदै भोटाहिटी भई टुकुचा जाने मूल सडकको मूल ढल बनाउने कार्य भइरहेकोमा सो क्षेत्रका घर–धनीहरुले आ–आफ्नो घरको आन्तरिक ढलमा नयाँ मूल ढलसम्म छिटो भन्दा छिटो (यथासिघ्र) बनाई जडान गर्न वडाले आग्रह समेत गरेको छ ।

 


साथै उक्त क्षेत्रमा आ–आफ्नो धाराको पाइप लाइन पनि मर्मत गर्नु परे यथासिघ्र बनाई सहयोग गर्न अनुरोध समेत गरेको छ । 


हाल ढल निर्माण कार्य भईरहेकोले सो अवधिभर वैकल्पिक बाटो प्रयोगको लागि वडाले स्थानीय वासी तथा सर्वसाधारणहरुमा अपिल समेत गरेको छ ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


maharjan complex