५ जेठ २०८२, आइतबार
Header

भोटाहिटीमा ९० सालमा भत्किएको फल्चा पुनःनिर्माण गरिँदै,  ईतिहास के छ ? (तस्वीरहरु)


प्रकाशित: शुक्रवार, ५ बैशाख २०८२, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मा पर्ने असन, भोटाहिटीमा मा ९० सालको भूकम्पले भत्काएको ऐतिहासिक फल्चा (पाटी) पुनःनिर्माणको काम सुरु गरिएको छ ।


पुनःनिर्माणको पहल वडाले गरे 


पुरातत्व विभागको अभिलेखमा रहेको कागज प्रमाणका आधारमा फल्चा सुरक्षित गर्न र पुनःनिर्माण गर्न महानगरपालिका र स्थानीय वडाले पहल लिएको हो । 


स्थानीयको भूमिका महत्वपुर्ण


फल्चा ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्त्वपूर्ण भएकाले यसलाई पुनःनिर्माण गर्न स्थानीय बासिन्दा र समुदाय पनि सक्रिय भएका छन । 

 


इतिहासको बुुझौं


वडा अध्यक्ष योगेशकुमार खड्गीका अनुसार यो फल्चा सन १९९० मा भत्किएको थियो ।  पछि २०४२ सालमा उक्त ठाउँमा अर्को संरचना बनाइएको थियो, तर त्यो पुरानो फल्चाको स्वरूपमा नभएको खड्गीको भनाई छ । 


पुनःनिर्माणमा भोताहिति गण (स्थानीय संस्था) र  साझा भण्डार र सम्पदामैत्री समूहको पनि साथ छ ।

 


फल्चा पुनःनिर्माणको महत्व 


पुनःनिर्माणले केवल एक संरचना फिर्ता ल्याउने मात्र होइन, इतिहास, संस्कृति र स्थानीय पहिचानलाई जोगाउने ठूलो काम हुने अपेक्षा गरिएको छ ।

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex