३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भैसेपाटीमा हेमा श्रेष्ठमाथि प्रहरी निरीक्षकको लाठी प्रहार, छानविन समिति गठन


प्रकाशित: शुक्रवार, १६ फागुन २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको भैसेपाटीमा काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई विहिवार प्रहरीले लाठी प्रहार गरेका छन । 


प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले श्रेष्ठलाई लाठी हानेको भिडियो समाजिक सञ्जालमा भाईरल भएपछि प्रहरीले छानविन समिति गठन गरेको छ ।


एसपी दुर्गा सिंहको नेतृत्वमा ३ सदस्यी समिति गठन गरिएको छ ।  एसएसपी टेकप्रसाद राईले घट्नाबारे अनुसन्धान भईसकेकोले प्रहरी निरीक्षक दोषी ठहर कार्वाही हुने बताएका छन । 


प्रहरीको लाठी प्रहारबाट घाईते भएकी श्रेष्ठको स्थानीय एक अस्पतालमा उपचार भईरहेको छ । प्रहरीको कुटाईबाट श्रेष्ठको पीडौलमा निलडामहरु देखएिको छ । 


भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि प्रहरी निरीक्षक पौडेलले श्रेष्ठमाथि लाठी प्रहार गरेर घाईते बनाएकी हुन । 


एक महिलालले विगत चार महिनादेखि खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै महिलाहरुको सहयोगमा धर्ना दिएका थिए । 


घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरेका थिए  । प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्दा नमानेपछि बल प्रयोग गरेको बताएका छन । 


सो क्रममा प्रहरीले ६ जनालाई महिलाहरुलाई समेत नियन्त्रणमा लिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex