४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भेरीमा बस खस्दा ४ जनाको मृत्यु


प्रकाशित: विहिवार, २ फागनु २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । एक यात्रुवहाक बस खस्दा भेरीमा ४ जनाको मृत्यु भएको छ । 


भे १ ख १३२९ यात्रुवाहक बस बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गर्दा बस खोलामा खसेको हो । 


विहिवार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो । 


बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 


घट्नास्थालमा प्रहरी उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालिसकिएको भएपनि सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex