काठमाडौं । एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भेनुजुयलाका राष्ट्रपति निकोलस मदुरोमाथि आक्रमण भएको छ ।
राष्ट्रपति मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको सञ्चारमाध्यमहरुले जनाएको छ । उनीमाथि आक्रमण भएपनि तैनाथ सुरक्षाकर्मीहरुको प्रयासमा सकुशल बाच्न सपल भएको छ । सो आक्रमणमा परि एक सुरक्षाकर्मी घाईते भएका छन ।
त्यहाँको सरकारले राष्ट्रपति मदुरोको हत्या गर्ने कोशिस भएको बताएको छ । राजधानी कराकासमा राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो ।
ड्रोन हमलामा संग्लनता बारे भने खुलेको छैन ।
Categorized in अन्तर्राष्ट्रिय