४ बैशाख २०८१, मंगलबार
Header

भेञ्चुरा बोटलर्सले नेपाली बजारमा ल्यायो आरसी कोलाको उत्पादनहरु


प्रकाशित: सोमवार, ७ भाद्र २०७८, १२ः०५ बजे
- महानगरखवर

काठमाडौं । भेञ्चुरा बोटलर्स प्रालिल अमेरिकी ब्रान्डको उत्कृष्ट पेय पदार्थ आरसी कोलाको उत्पादनहरु बजारमा ल्याएको छ । 


प्रालिले कुल ५० करोड लागतमा मकवानपुरमा उद्योग प्लान्ट स्थापना गरि आरसी कोलाको औपचारिक उत्पादन शुरु गरेको जनाएका छ ।

 
कम्पनीले आइतबारदेखि बजारमा आरसी कोला पेय पदार्थहरु औपचारिक रुपमै सार्वजनिक गरेको हो । कम्पनीका अध्यक्ष सुभाष आचार्यका अनुसार आरसी कोला, पुरानो र चिरपरिचित अमेरिकी छवि अनि वर्तमानको अनुभूतिसहितको अमेरिकाको एक मौलिक कोला अब नेपालका पसल वा बिक्री भण्डारहरूमा पाईने भएको छ । 


माइट्टी रेन, आर सी क्यू लेमन लाइम, आर सी क्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटर गरि ६ भेरियन्टमा उपलब्ध आरसी कोला देशैभरिका खुद्रा तथा कोल्ड स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


६७ भन्दा बढी देशमा उपलब्ध आर सी कोलालाई नेपाल भित्र्याई विशुद्ध नेपाली लगानी र परिवेशमा उत्पादन थालनी गरेको कम्पनीले जनाएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD