१५ बैशाख २०८१, शनिबार
Header

भृकुटीमण्डमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु


प्रकाशित: शुक्रवार, २४ माघ २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । पन्ध्रौ अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको शुक्रवारबाट सुरु भएको छ । 


राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सो ब्यापार मेला ५ दिन सम्म चल्ने आयोजकले बताएको छ । 


प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा चल्ने मेलामा २ सय ५ वटा स्टल छन । मेलामा उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगका उत्पादन, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन ।  


नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना यस मेलाको मुख्य उद्देश्य घरेलु उत्पादनको प्रवद्र्धन गर्नु भएको आयोजको भनाई छ । 


आयोजकका अनुसार पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । 


मेलामा हस्तकलाका सामान, नेपालमै उत्पादन भएका तयारी पोशाक, विभिन्न महिला उद्यमीले उत्पादनका गरेका खाद्य सामाग्री राखिएका छन्। बंगलादेशमा बनेको साडी र तयारी पोशाक छन ।  चीनमा उत्पादन भएको भाँडाकुडा र चकलेट राखिएका छन । 


कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योग मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको बताए । 


त्यसैगरी महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले ्घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न थालिएको जानकरी दिएका थिए । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD