काठमाडौं । काठमाडौं महानगरपालिका वडा २८ ले भृकुटीमण्डप भित्र रहेको चाईना मार्केटका व्यपारीहरुको व्यसाय नविरकण सुरु गरेको छ ।
काठमाडौं निम्न व्यापारी संघसँगको समन्वयमा वडाले बिहीबारबाट संघको कार्यालय भृकुटीमण्डमा टोली खटाएर नविकरण शुरु गरेको वडा सचिव शुशिल कुँवरले बताए ।
व्यवसाय नबिकरणको विषमया राजस्व बिभाग र वडाका अधिकारीले बैठकविच भएको छलफलपछि व्यवसाय नविकरण सुरु गरिएको हो ।
बैठकमा व्यवपारी संघका महासविच लीलाथना दाहाले कर तिरेपछि महानगरले खानेपानी र फोहरको व्यवस्थापन जिम्मेवारी लिन सर्त राखेका थिए तर बैठकमा उपस्थित राजस्व विभाग प्रमुखले करका कुनै शर्त नुहने नियमले व्यवस्था गरेको कुरा सर्त राख्न नपाईने भनाई राखेका थिए ।
महानगरले फोहोर नउठाए पनि वा खानेपानीको व्यवस्था नगरिदिए पनि व्यापारीले कर तिर्नु पर्छ र व्यापारीले माग नराखे पनि महानगरले सहरी सुविधा वितरण गर्नुपर्ने विषयमा छलफल केन्द्रित थियो ।
भृकुटीमण्डपभित्रको नीलो त्रिपालमुनि भएका ७३२ वटा व्यवसाय वडामा दर्ता छन ।
वडासचिव शुशिल कुँवरका अनुसार यीमध्ये गएको आर्थिक बर्षमा ५८२ व्यापारीले व्यवसाय नविकरण गराएका थिए । जसमा व्यवसाय करतर्फ करीब ९ लाख १४ हजार रुपैयाँ र बहाल करतर्फ करीब ५ लाख लाख ८६ हजार रुपैयाँ गरी करीब १५ लाख राजस्व संकलन भएको थियो ।
भृकुटीमण्डपको नीलो त्रिपालमुनि तयारी कपडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक, जुत्ता चप्पल, भाँडाकुँडा, झोला लगायतका घरायसी सामान पाइन्छन ।
यसबाहेक खाजा पसल तथा रेष्टुरेन्ट गरी करीब १०० वटाअन्य व्यवसाय र संघ संस्था छन । त्रिपालमुनि चलेकाबाहेक अन्य व्यवसायको तथ्य संकलन भइरहेको जनाउँदै वडासचिव कुँवरले जानकारी दिए ।
Categorized in बजार