३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भृकुटीमण्डप अगाडि यात्रु चढाउन राष्ट्रियसभा बैठकमा माग


प्रकाशित: मंगलवार, ३१ भाद्र २०७६, १९ः२० बजे
- महानगरखवर

काठमाडौँ । सांसद उदया शर्मा पौडेलले मंगलवार राष्ट्रियसभाको बैठकमा भृकुटीमण्डप अगाडि यात्रु चढ्ने तथा ओराल्ने व्यवस्था मिलाउन माग गरेका छन । 


उक्त स्थानमा सार्वजानिक साधनले यात्रु ओराल्ने र चढ्ने व्यवस्था केही समय अघिबाट बन्द भएपछि यात्रुहरु अप्ठेरोमा परेको भन्दै सांसद पौडलले सो माग गरेका हुन । 


त्यसैगरी बैठकमा सांसद चक्रप्रसाद स्नेहीले पर्यटनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।


उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने, लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारवाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।’ 


सांसद खिमकुमार विश्वकर्माले सर्वोच्च अदालतबाट एनसेलको लाभकर सम्बन्धी फैसलामाथि सरकारले पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिँदै यससम्बन्धमा सरकारको धारणा सार्वजानिक गर्न माग गरे ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex