१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भृकुटीमण्डपमा हस्तकला व्यापार मेला सुरु


प्रकाशित: विहिवार, १२ मंसिर २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । भृकुटीमण्डपमा नेपाली हस्तकला व्यपार मेला विहिवारबाट सुर भएको छ ।


अर्थमन्त्री डा. युवराज खतिवडाले एक कार्यक्रमविच मेलाको औपचारिक उद्घाटन गरेका छन । 


मंसिर १६ गते सोमबार सम्म चल्ने मेलामा नेपाली उद्यमीहरुले बनाएका निर्माण सामग्रीहरुको प्रदर्शनीमा राखिएका छन । नेपाली धातुबाट बनेको तामा, पितल लगायतका सामग्रीहरु, बास बनेका समाग्री, काठबाट बनेका सामग्रीहरु, जुट, सुती, ढाकाका लुगाहरु लगायतका छन ।


त्यसैगरी पश्मिना, नेपाली कागजबाट बनेका डायरी, कपी, मूर्तिहरु प्रदर्शनमा राखिएका छन । 


नेपाली उत्पादीत समानहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापार प्रबद्र्धन गर्ने मुख्य उदेश्य रहेको ताम्रकार समाजका अध्यक्ष रविन्दराज ताम्रकारले बताएका छन । 


समाजका अध्यक्ष ताम्रकारका अनुसार नेपाली समानहरुको व्यापार पनि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा उल्लेखिय रहेको छ । 


नेपाल हस्तकला महासंघको आयोजनामा १७ औं हस्तकला व्यपार मेला तथा हस्तकला प्रदर्शनीमा एक लाखले अवलोकन गर्ने आयोजकको भनाई छ । 


महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले स्वागत मन्तव्य व्यक्त गर्दै व्यापार मेलाले नेपाली उत्पादनको व्यपार प्रवद्र्धनका नेपाल सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 


व्यापार मेलाका संयोजक धर्मराज शाक्यले यस किसिमको व्यापार मेलाको आवश्यक र महत्वबारे चर्चा गरेका थिए । मेला उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, नेपाल चेम्वर अफ कमर्श वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघ अध्यक्ष शतिस कुमार मोर, नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, नेपाल ललितकलाया कुलपति केके कर्माचार्य लगायतको उपस्थिती रहेको थियो । 


उद्योग वाणिज्य व आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघ लगायतको संयोजन रहेको छ । 

 

 

 

तस्वीरहरुः सबै सुगतरत्न कंसाकारको फेसबुक पेजबाट 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex