१५ बैशाख २०८१, शनिबार
Header

भृकुटीमण्डपमा माघ १७ मा फर्निचर मेला हुने 


प्रकाशित: सोमबार, ६ माघ २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । भृकुटीमण्डपमा माघ १७ गते नेपाल उड इन्टरनेसनल एक्स्पो–२०२० हुने भएको हो ।  


फर्निचर मेलामा काठका फर्निचर, औजार र बिभिन्न सामाग्रीको वृहत मेला हुने आयोजक मिडिया स्पेस सोल्युसन प्रालि र फ्युचरेक्स ट्रेडफेयर एण्ड इभेन्ट प्रालिले जनाएको छ । 


तीनदिने मेलामा १ सय ५० भन्दा बढि स्टल रहने मेलामा काठमा आधारित व्यवसायका उपयोगी उत्पादन प्रदर्शनी र बिक्री गरिनेछ । 


छैटौं संस्करण यस फर्निचर मेलामा बिभिन्न प्रकारका फर्निचर उत्पादकसँगै इन्टेरियरको काम गरिरहेका कम्पनी र तिनका लागि उपयोगी सामाग्रीको प्रदर्शनी पनि हुनेछ ।


मेलामा उड वर्किङ एण्ड फर्निचर मेनुफेक्चरिङ, पावर टुल्स, प्लाइउड, डोर्स एण्ड विन्डोज, फिटिङ, उड एसेसरिज, र मेटेरियल, इन्टेरियर डिजाइन, होम डेकोर र फिनिशिङ प्रोडक्ट उल्लेखनीय रहने आयोजकले जनाएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD