काठमाडौं । अख्तियार दुरुपयोग आयोग अनुसन्धान आयोगले भृकुटीमण्डपमा भएको ‘ब्रम्हलुट’को छानविन गरिने बताएको छ ।
आयोगले भृकुटीमण्डप ठेक्का लगाउँदा देखि हालसम्म भएको अनियमिततामा निष्पक्ष अनुसन्धान गरि कार्वाही गरिने जनाएको छ ।
भृकुटीमण्डपको विषयमा सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारले अयोगाको ध्यान गम्भिर भएको भन्दै निस्पक्ष छानविन गरि कार्वाही अघि बढाउने बताएका छन ।
समाज कल्याण परिषदले भृकुटीमण्डमा लगाएको ठेक्काहरु अस्वभाकि भएको भन्दै एकतर्फी रुपमा केही समय अघि ठेक्का तोडेपछि भृकुटीमण्डपको ठेक्का प्रकरण सार्वजनिक चासोको विषय बनेको छ ।
भृकुटीमण्डमा सञ्चालित मनोरन्जन पार्क फनपार्क, ल्याम्हःपुचले वालवालिकाको लागि मनोरन्जनात्मक खेलहरु प्रदान गर्दै आएको थियो ।
त्यसैगरी सो बाहेन अन्य खाली ठाउँहरु तकारी बजार, कपडा बजार पनि ठेक्का सञ्चालित रहेको छ ।
विभिन्न राजनीतिक शक्तिहरुको चलखेलको व्यापार केन्द्र भृकुटीमण्डप बन्न पुगेको यहाँ भ्रष्टाचार, अनियमतिता, जग्गाको दुरुपयोग जस्ता गतिविधीहरु बढेको जानकारहरु बताउँछन ।
आयोगले भृकुटीमण्डपमा भएको अनियमिता बारे पहिले परेका उजुरीहरुको पनि खोजविन गरिरहेकोले चाँडै नै कार्वाही प्रक्रिया अघि बढईने विश्वास व्यक्त गरेका छन ।
Categorized in समाज