१४ बैशाख २०८१, शुक्रबार
Header

भृकुटीमण्डपमा नेपाल फाईभ पि एक्स्पो–२०२३ हुँदै


प्रकाशित: मंगलवार, ७ चैत्र २०७९, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाल फाईभ पि एक्सपो–२०२३  हुने भएको छ ।


चैत्र १०,११ र १२ गते मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्प्रा. लि. ले सो बृहत एक्स्पोको अयोजना गर्न लागेको बताएको छ । 


तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी (3 rd Nepal 5P International Expo 2023) प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने आयोजकले जानकारी दिए ।


आयोजकले यस एक्स्पोमा नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिब्, प्याकेजिब्र प्रोसेसिब्संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने एक मात्र उद्योग – व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी भएको बताए । 


प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिलेप्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ । 


उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गरिनेछ । 


यस अन्तरास्ट्रिय प्रदर्शनीमा सह–आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन । 


यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिब् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिब्, ईन्डक्सन मोल्डिब् मसिन, प्रिन्टिब्मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिब्स्पेर पार्टस, पेपर मसिनरी, पेपर, कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिब्मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD