६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भृकुटीमण्डपमा नेकपा प्रचण्ड–माधव समूहको सभा हुने 


प्रकाशित: सोमवार, २६ माघ २०७७, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा सभा गर्ने भएको छ । 


समूहले माघ २८ मा हुने जनप्रदर्शनलाई निर्णायक हुने दाबी गर्दै नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले समाजिक सञ्जालबाट सभामा सहभागी हुन आग्रह गरेका छन । 


माघ २८ गते यो समूहले पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय गरेको छ ।


पुल्चोकको जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाललगायत नेतृत्व गर्ने भएका छन । यो जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धरा पुगेर मुल जुलुसमा मिसिनेछ ।


त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपानेले नेतृत्व गर्नेछन् भने यो जुसल सुन्धरा पुगेर मुल जुलसमा मिसिनेछ ।


माइतीघर मण्डलाबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव, हरिबोल गजुरेलले नेतृत्व गर्नेछन् । यो जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ ।


केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतले नेतृत्व गर्नेछन । यो जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ ।


जमलबाट निस्कने जुलुसको नेतृत्व भने लिलामणि पोखरेल लगायतले गर्नेछन । यो जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्धशालिक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । यसपछि सुन्धाराबाट निस्कने मूल जुलुसले सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक पद्योदय मोड हुँदै प्रदर्शनीमार्गमा सभा हुने भएको छ ।


यसअघि माघ ९ गते भृकुटीमण्डपमा नै सभा गरेको थियो । ससद् विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौं बृहत जनप्रदर्शन गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex