१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भृकुटीमण्डपमा एकै पटक २ वटा एक्सपो हुँदै


प्रकाशित: बुधवार, ४ पुस २०८०, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । भृकुटीमण्डपमा विहिवारबाट दुई वटा छुट्टाछुट्टै एक्सपो हुने भएको छ । 


चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रर्दशनी पौष ५, ६ र ७ गते भृकुटीमण्डपमा हुेन मिडिया स्पेस सोलुसन्स प्रा.लिले जनाएको छ । 


प्रा.लि.का अनुसार फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस प्रा. लि. र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि ले विगतका वर्षहरुझैं यस सो प्रदर्शनी गर्न लागेको हो । 


आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने बताईएको छ ।


नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी मा तीन विशेषताहरू सम्मिलित हुने आयोजकले जनाएको छ । 


प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न  उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजको दावी रहेको छ ।  

 
नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने छ ।


त्यसैगरी, नेपाल फाईभ पि प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।


यो प्रदर्शनीेले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ । 


यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालका उद्योगहरुलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त रहेको जनाएको छ । 


‘यो प्रदर्शनी सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने छ”, नेपाल फाईभ पि एक्स्पो का आयोजकले दावि गरेका छन ।


तीन दिन सम्म आयोजना हुने यस प्रदर्शनीको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्ल ज्यू बाट पौष ५ गते बिहान ११ बजे हुने छ ।


अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकन गर्र्नेहरुले निःशुल्क प्रवेश पाउने आयोजकले बताएको छ ।

 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex