१५ बैशाख २०८१, शनिबार
Header

भृकुटीमण्डपमा असार १ गतेबाट घरजग्गा मेला 


प्रकाशित: मंगलबार, ८ जेठ २०७५, ११ः३० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेपाल आवास तथा जग्गा विकास संघको आयोजनामा काठमाडौको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा असार १ गतेदेखि ५ गते सम्म घरजग्गा मेला लाग्ने भएको छ ।

 
सो मेलामा १ सय ५० वटा स्टलहरु हुने अयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक,  बीमा कम्पनीका स्टलहरु राखिनेछ । 


मेला आयोजक समितिका अध्यक्ष विपिन चित्रकारले घर निर्माणमा पछिल्लो समयम भित्रिएका सस्ता प्रविधि मेलामा रहने बताएका छन् ।

 
पछिल्लो समयमा घरजग्गाको कारोबारमा मन्दी आएपनि व्यक्तिगत घरहरु निर्माण गरेर बिक्री गर्ने क्रम बढेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD