५ जेठ २०८२, आइतबार
Header

भूमि विधेयक संसदमा दर्ता, हदबन्दी छुटको जग्गा बेच्न पाइने


प्रकाशित: मंगलवार, २३ बैशाख २०८२, १८ः२९ बजे
- महानगरखवर

काठमाडौं । सरकारले प्रतिनिधिसभामा भूमि विधेयक दर्ता गरेको छ । 


मंगलवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ ल्याएका हुन ।


सरकारले ल्याएको यस विधेयकमा हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्तावसहितको विधेयक ल्याएको छ ।


जहाँ ‘घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर निर्माण गरी बिक्री गर्न सक्ने’ लगायतका प्रावधान छ ।


यी व्यवस्थालाई समेटेर सरकारले यसअघि नै अध्यादेश ल्याएको थियो । २ माघ २०८१ मा आएको उक्त अध्यादेश संसद्‍बाट अगाडि बढ्न नसकेपछि सरकारले विधेयक नै ल्याएको हो।


प्रस्तावित विधेयकमा भूमि सम्बन्धी ऐन २०२१ का विभिन्न दफा संशोधनको प्रस्ताव गरिएको छ । प्रचलित ऐनको दफा १२ मा संशोधन गरेर हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव गरिएको हो ।


भुमि विधेयक हेर्न क्लिक गर्नुहोस्

 


 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex