४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भूमि अतिक्रमणविरुद्ध नेवाः राष्ट्रिय मुक्ति मोर्चाले काठमाडौंमा बृहत प्रदर्शन गर्दै


प्रकाशित: बुधवार, ०९ माघ २०७५, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, काठमाडौले भूमि अतिक्रमण विरुद्ध माघ ११ गते शुक्रवार काठमाडौमा बृहत प्रदर्शन गर्ने भएको छ । 


मोर्चाका केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला अध्यक्ष नमस्ते सायमीले दिएको जानकारी अनुसार काडमाडौं उपत्यका भित्र भईरहेको भुमि अतिक्रमण विरुद्धको दवाव मूलुक आन्दोलनको एक बृहत रुप हुने छ । 


अध्यक्ष सायमीले शुक्रवार काठमाडौंको असनमा साढे २ बजे सरोकारवालाहरु, स्थानीयवासीहरुको ठुलो संख्यामा भेला भई विभिन्न स्थानको परिक्रममा गरी प्रदर्शन गरि राज्यलाई दवाव दिने कार्यक्रम रहेको बताए । 


सो प्रदर्शनमा अहिले विकासको नाममा भईरहेको फासट्रयाक, वाहिरी चक्रपथ, सार्वजनिक जग्गा अतिक्रमण, गैरन्यायाकि सडक विस्तार लगायतको विरुद्ध नारावाजी गर्दै सो कार्यको करडा विरोध गर्ने अध्यक्ष सायमीले जानकारी दिए । 


त्यसैगरी भर्खरै सञ्चालनमा आएको पर्यटकीय क्षेत्र ठमेलमा मिनी ठमेल उपनाम दिएको ‘छायाँ देवी कम्पलेक्स’ निर्माणको नाममा एतिहासिक सम्पदाको पोखरी अतिक्रमण गरको विषयमा पनि विरोध प्रदर्शन गरिने भएको छ । 


अध्यक्ष सायमीका अनुसार यस्ता विभन्न कम्पलेक्स, हाउजिंग, अपार्टमेन्टको नाममा भईरहेको भुमि अतिक्रमणविरुद्ध यो प्रदर्शन हुनेछ ।


त्यसैगरी अहिले भईरहको महंगी, भ्रष्टाचार, बलात्कार, कालोबजारी, राष्ट्रघाती नागरिकता लागायतको विषयमा पनि जोडदार विरोध गरिने अध्यक्ष सायमीले बताए । 


सो बृहत विरोध प्रदर्शनीलाई मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ र नेवाः न्हेवलुवा डा. महेशमान श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex