१६ चैत्र २०८०, शुक्रबार
Header

भूगोलपार्कमा भूकम्पमा दिवंगत भएकाहरुको नाममा स्मृति सभा


प्रकाशित: विहिवार, २ माघ २०७६, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । भूगोलपार्कमा १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा विहिवार स्मृतिसभा सम्पन्न गरियो ।


गृहमन्त्री रामबहादुर थापा, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा आयोजित स्मृतिसभामा दिवगंतहरुको सम्झना गरियो । 


सो सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने धारणा राखे । 


गृहमन्त्री थापाले यो अबस्थाबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता रहेको उल्लेख गरे ।


त्यसैगवरी महानगर प्रमुख बिद्यासुन्दर शाक्यले सकेसम्म आपत्को कसैले पर्नु नपरोस भनेर सचेतना बढाउन तथा बिपत्ति आइपरिहाले क्षति कम गराउने महानगरले वडास्तरीय बिपद् क्षति व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरिएको जानकारी दिए । 


महानगरको विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडा तहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीब्रता पाइरहेको बताए । 


यो स्मृतिसभा १९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD