६ जेठ २०८१, आइतबार
Header

भूकम्प प्रभावितलाई कांग्रेसको ५० लाख सहयोग घोषणा


प्रकाशित: शनिवार, १८ कातिक २०८०, १५ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई ५० लाख सहयोग रकम दिने घोषणा गरेका छन । 


शनिवार एक विज्ञप्ती जारी गरी भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि सो रकमको घोषणा गरेको हो । 


‘भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले रु ५०,००,०००।– (पचास लाख) नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ । स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ ।’ जारी विज्ञप्तीमा उल्लेख छ । 


जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको कांग्रेसले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD