१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भूकम्प पीडित राहत कोषमा कसले कति गरे सहयोग, २० करोडको प्रतिवद्धता


काठमाडौं । जाजरकोट भूकम्पीडितलाई सहयोग रकम बुधवार सम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५ करोड ९५ लाख जम्म भईसकेको छ । 


राहात कोषका अनुसार अहिले सम्म बुद्ध एयरले १ करोड, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार, मुक्तिनाथ दर्शनले ५ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ करोड जम्मा गरेको छ ।


त्यसैगरी, नेपाली कांग्रेसले ५० लाख, धादिङ कांग्रेसले एक लाख ५१ हजार,  चैतन्य एकेडेमीले एक लाख, मनीष रेग्मीले एक लाख १० हजार, कुस्मा नगरपालिकाले ४ लाख ७० हजार, नेपाल एलपीजी ग्यास उद्योग संघले ११ लाख ११ हजार, केएनपी जापानले ५ लाख र अन्यले २ करोड ४ लाख ४७ हजार गरी कुल ५ करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । 


भूकम्प प्रभावितको सहयोगका लागि प्रदेश संरकार, विदेश राष्टहरुको सयहोग, निजी संघसंस्था र व्यक्तिले गरी २० करोड हाराहारीमा नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । 


सूर्य नेपालले १ करोड ४० लाख,  गोर्खा ब्रुुअरीले सरकारलाई १ करोड रुपैयाँ, एभरेस्ट बैंक लिमिटेडले २५ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले हालसम्म करिब २२ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा सहयोग रकम पठाउन सबैमा आग्रह गरेको छ । 


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता रहेका बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक पुतलीसडक, कृषि विकास बैंक रामशाहपथ, नेपाल बैंक, एभरेस्ट बैंक नयाँ बानेश्वर, स्ट्याडर्ड चार्टर्ड बैंक नेपाल लाजिम्पाट, ग्लोबल आईएमई बैंक ज्ञानेश्वर, हिमालयन बैंक ठमेल र कमलादी, नबिल बैंक दरबारमार्ग रहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex