८ बैशाख २०८१, शनिबार
Header

भूकम्प पीडितको अनुदान रकम १० लाख पु¥याउनुपर्ने


प्रकाशित: आईतवार, १२ पुष २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुर नगरपालिकाले भूकम्प पीडितको अनुदान रकम १० लाख पु¥याउनुपर्ने निर्णय गरेको छ । 


नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुर जिल्ला निजी आवास पुनःनिर्माणसम्बन्धी बैठकले सो निर्णय गरेको हो ।  


त्यसैगरी बैठकले अनुदान रकमलाई किस्तामा नभइ एकमुष्ठ वितरण गर्नुपर्ने तथा किस्ता लिने समय सीमा थप गर्नुपर्ने निर्णय गरेको छ । साथै भक्तपुर नगरपालिकाका सबै वडाभित्रका निजी आवस पुनःनिर्माणको सम्झौता गरिसकेको छ । 


बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण तथा स्थानीय पूर्वाधार कार्यालय भक्तपुरका प्रमुख अनन्तप्रसाद आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 


भक्तपुर नगरपालिकाभित्र ७,८५८ लाभग्राही भएकोमा पहिलो किस्ता लिने ५,६९२, दोस्रो किस्ता लिने २,१७९ र तेस्रो किस्ता लिनेहरू २,०२६ रहेको प्रतिवेदनमा उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD