१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भूकम्प अपडेटः चिनमा ३२ जनाको मृत्यु


प्रकाशित: मंगलवार, २३ पुस २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । 


समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको जनाएको छ । 


सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो ।


आज मंगलवार बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।


भूकम्पको धक्का नेपालमा समेत महसुस भएको  । काठमाडौंमा मानिसहरु घर बाहिर निस्केका थिए ।


नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex