१६ बैशाख २०८१, आइतबार
Header

भूकम्पीय जोखिममा रहेका काठमाडौंका ५३ वटा संरचना पुननिर्माण गरिने


प्रकाशित: मंगलवार, २ माघ २०८०, १३ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पीय जोखिमका हिसावले संवेदनशिल रहेको ५३ वटा संरचनालाई प्राथमिकतामा राखेर निर्माण गरिने भएको छ । 


मंगलवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको भूगोल पार्कमा २६ औ भूकम्प स्मृति सभामा सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो कुरा बताएका हुन । 


गृहमन्त्री श्रेष्ठले चार वटा सडक पनि भूकम्पीय जोखिमका हिसावले संवेदनशील रहेको बताएका छन ।


राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवास्थापन प्राधिकरणले जापान सरकारको सहयोगमा गरिएको अध्ययन अनुासर उपत्यकाका विद्यालय, सरकारी भवन र अस्पताल गरी ५३ वटा भवन संरचना र चार वटा सडक भूकम्पीय जोखिमका हिसावले संवेदनशील रहेको छ । 


उनले ती संरचना अन्र्तगत ३२ वटा विद्यालय भवनका लागि १ अर्ब ६३ करोड, १३ वटा स्वास्थ्य चौकीको लागि ३८ करोढ ७४ लाख लाग्ने बताए । 


त्यसैगरी, ८ वटा सरकारी भवनको लागि ५१ करोड ८० लाख रुपैयाँ र चार वटा सडकको लागि १ अर्ब ७ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको गृहमन्त्री श्रेष्ठको भनाई छ । 


सो अवसरमा गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने प्रक्रिया सुरू भएको बताए । 


महानगरपालिकाले आयोजना गरेको सभामा भूकम्पीय कम्पनका कारण भौतिक संरचना भत्किएर ज्यान गुमाएका व्यक्तिहरुको स्मृति गरिएको थियो । 


१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले र्पुयाएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । 


२०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो । 


सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालय, अस्पतालजस्ता सामुदायिक क्रियाकलाप सञ्चालन हुने संरचनाहरुको सवलीकरण, खुला ठाउँको संरक्षण, विपद सिर्जित संकटबाट बच्न समुदाय स्तरीय संयन्त्रमा महानगरपालिकाले ध्यान दिएको बताईन । 


कार्यक्रममा उपमेयर सुनिता डङ्गोल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, महानगरका निमित्त प्रशासकीय अधिकृत सिताराम लगायत सहभागी थिए ।


सो कार्यक्रममा विपदका बेला उल्लेख्य भूमिका खेल्ने कर्मचारी र सुरक्षाकर्मीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD