काठमाडौं । प्रहरीले भूकम्पसम्बन्धी विभिन्न युट्युब च्यानल मार्फत अफवाह फौलाउने अर्जुन क्षेत्रीलाई पक्राउ गरेको छ ।
आफूलाई ज्योतिषी दावी गर्ने क्षेत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गौशलाबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
क्षेत्रीले युट्युब च्यानलबाट राजतन्त्र आउने, सरकारमा संकट आउने, ठुलो विपत्ती आउने जस्ता विभिन्न भविष्यवाणी गरेको पाईन्छ ।
Categorized in समाज