काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि भूकम्पपछि सरकारी अनुदानमा बनेका घरहरुको लागी नयाँ कार्यविधि ल्याएको छ ।
प्राधिकारणका अनुसार पुननिर्माण भएको मुल संरचनालाई आधार मानेर घरहरुमा दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी संरचना थप गर्न सकिने भएको छ ।
घरमा परिवारलाई स्थान अपुग भएको खण्डमा प्राधिकारणको नयाँ कार्यविधि अनुसार सो संरचनाहरु थप्न मिल्ने प्राधिकरणले जनाएको छ ।
कार्यविधि अनुसार ढुंगामाटो तथा सिमेन्टको जोडाइ भएका घरहरुमा दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी ढंगले संरचना विस्तार गर्न सकिने भएपनि तला थप गर्नका लागी भने ‘हाइव्रिड स्ट्रक्चर म्यानुअल’को उपयोग गर्नुपर्ने भएको छ ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घर विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने विश्वास व्यक्त गरे ।
Categorized in राष्ट्रिय