२७ बैशाख २०८१, बिहिबार
Header

भुटानी शरणार्थी प्रकरणः कांग्रेस नेता शेर्पालाई छाड्न आदेश, टोपबाहदुरसहित ७ जनालाई थुनामै पठाउने


प्रकाशित: विहिवार, १३ बैशाख २०८१, १९ः१० बजे
- महानगरखवर

काठमाडौं । नक्कली भुटार्नी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता एंव पूर्व सांसद आङटावा शेर्पालाई धरौटीमा छाडिने भएको छ । 


सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासल शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 


शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गरेको हो ।


यस्तै थुनामा पठाएका गोबिन्दकुमार चौधरीलाई पनि सर्वोच्चले धरौटीमा छाड्न आदेश दिएको छ ।


तत्कालिन हज समितिका अध्यक्ष शमशेर मियालाई पनि सर्वोच्चले साधारण तारेखमा छाड्न आदेश दिएको छ । 


यता सर्वोच्चले शरणार्थी प्रकरणमै पूर्पक्षका लागि थुनामा रहेको एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउने आदेश दिएो छ । 


जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।


उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो ।


थुनामै रहनेहरुमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा रहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD