काठमाडौं । भुटानका पूर्वप्रधानमन्त्री शेरिंग तोवेगोले आफ्नी श्रीमतीलाई पिठयूमा बोकेको तस्वीर सोसियल मिडियामा वाईरल भएको छ ।
बाटो एकदमै खराब, हिलोको कारणले पूर्वप्रधानमन्त्री शेरिंगले श्रीमतीलाई बोकेको तस्वीर आफ्नो टिवीटर ह्याण्डलमा शेयर गरेका थिए । यसलाई टिवीटर युजरहरुले शेयर र कमेन्ट गर्न थालेपछि चर्चा भएको थियो ।
शेरिंगले तस्वीर शेयर गर्दै लेखेका थिए, ‘ सर वाल्टर जस्तो सहासी त होइन तर मैले जे गरे कुनै पुरुषहरुले आफ्नो श्रीमतिको खुटा सफा राख्नका लागी गर्नु पर्दछ ।’
सर वाल्टर एक कविसँगै व्रिटिश सेनाको एक हिस्सा पनि थिए । उनको बारेमा भनिन्छ उनले बेलायती महारानी प्रथम ऐलिजावेथ हिड्ने बाटोमा हिलो दखेपछि उनले आफ्नो लगाएको ओभर कोट महारानी हिड्नलाई ओछयाई दिएको थियो । यसलाई वीरताको उदाहरणको रुपमा प्रस्तुत गरिन्छ किन कि उसले महारानीको खुटामा हिलो लाग्न दिएन ।
Categorized in अन्तर्राष्ट्रिय