८ बैशाख २०८१, शनिबार
Header

भीम तुलाधरको ‘दोष’ जुममार्फत सार्वजनिक गरिदै


प्रकाशित: सोमवार, १७ जेठ २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं÷पप गायक भीम तुलाधरको नयाँ म्यूजिक भिडियो ‘दोष’ मंगलवार जुममार्फत सार्वजनिक हुने भएको छ । 


गायक तुलाधरले आफ्नो फेसबुकबाट जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीत सार्वजनिक गर्न लागिएको हो । वरिष्ठ गायक ओम विक्रम विष्टबाट म्यूजिक भिडियोको लोकार्पण हुने गायक तुलाधरले जानकारी बताएका छन । 


वि.स. २०४८ सालमा तुलाधरको पहिलो पटक जिजिविषा एल्बममा प्रकाशन गरेका थिए । भुपालमान सिंहले अरेंज गरेको यो गीतलाई भुपेन्द्र बज्राचार्यको अरेंजमा तुलाधरले फेरी गाएका हुन् ।


हालसम्ममा दर्जन बढि सोलो एल्बम बजारमा ल्याइसकेका तुलाधरको सपनीमा र जिजिविषा एल्बम निकै लोकप्रिय रहेको थियो । 


गीतका रचना कविन्द्रमान शाक्य ओमहरि श्रेष्ठले गरेका छन् भने संगीत गायक तुलाधरकै रहेको छ । म्यूजिक भिडियोका परिकल्पनाकार र निर्देशक रवि सायमि हुन् । 


भवानी शिलाकारको छायाङ्कन निर्देशन रहेको भिडियोको एडिटिङ वाइल्ड बुल्स प्रोडक्सनको रहेको छ । गीतमा निरोज शाक्य र आराध्यलक्ष्मी खड्गीले अभिनय रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD