काठमाडौं । सरकारले लकडाउनमा पनि भाटभाटेनी खोल्न दिएपछि पसलमा फिजिकिल डियास्टान्स, मास्क लगायतका सतर्कतमा कमीको कारण स्थानीय निकाले बन्द गराएको छ ।
काठमाडौं महानगरपालिका वडा २९ का अध्यक्ष कुश ढकालले आफ्नो वडामा पर्ने अनामनगरमा रहेको भाटभाटेनी सुपरमार्के बन्द गराएका हुन ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन अन्य साना पसलहरु बन्द भए पनि भाटभटेनी खुलेपछि ग्राहरुको भीड देखिन थालेपछि वन्द गराउन परेको वडा अध्यक्ष ढकालको भनाई छ ।
वडा अध्यक्ष ढकालका अनुासर भित्र दूरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए ।
अनामनगरको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरुमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन ।
Categorized in स्थानिय