१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भिषण हावाहुरीमा मृत्यु भएका २५ जनाको सनाखत


प्रकाशित: सोमबार, १८ चैत्र २०७५, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । बारा र बर्षामा आईतबार राती गएको भिषण हावाहुरीमा मृत्यु भएकाहरु मध्ये २५ जनाको सनाखत भएको छ । 


गृह मन्त्रालयका अनुसार उद्धारको क्रम चलिरहेकाले मृत्यु भएकामा १२ पुरुष, १० महिला र पाँच बालबालिका रहेको छ । मृतकको संख्या बढ्न सक्ने पनि मन्त्रालयले बताएको छ । 


गृहमन्त्रालयका प्रवक्ता रामृष्ण सुवेदीले गम्भीर घाइतेमध्ये सात जनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । 


मृत्यु भएका नौ को शव नारायणी उपक्षेत्रीय अस्पतालमा र १८ शव जिल्ला अस्पताल कलैयामा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


हावाहुरीका कारण बाराको फेटा गाउँपालिका वडा नं १ र ६ बढी प्रभावित भएको छ । सनाखत भएकामा १३ जना फेटा गाउँपालिकाका मात्रै छन । चार जना भारतीय नागरिक छन । एक जना वीरगञ्जका छन । 


मृत्यु भएकामा बाराको फेटा गाउँपालिकाका– १ का ५० वर्षीय हरिनारायण दास, ४५ वर्षीया मनोरमा देवीदास, २४ वर्षीया रुनी देवी, ६ वर्षीय नन्द पटेल, १२ वर्षीया रुवि खातुन, विविमा खातुन, ५० वर्षीया मुस्तकिमा खातुन, २५ वर्षीया मिना खातुनको सनाखत भएको छ । 


यस्तै फेटा गाउँपालिका– ६ कै ११ वर्षीया नोक्सारा मियाँ, चार वर्षीया आलिसा खातुन, ४० वर्षीया सकिया खातुन, १२ वर्षीय शम्सिदा खातुन र १८ वर्षीया सवनम खातुनकोसमेत मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । 


यस्तै बारा भवानीपुर– १ का ४५ वर्षीय राम माझी र चार वर्षीय सुरज मुखिया, पर्सौनीका ५५ वर्षीय अक्षयलाल माझी, कलैया १८ की ५० वर्षीया गढीमा देवी र सुवर्णपुर– ८ का तारिफा खातुनको घटनामा ज्यान गएको छ । घटनामा महागढीमाई– ७ का ७५ वर्षीया कोइरीदेवी, सुवर्णपुर– ४ का ६५ वर्षीय श्रीप्रसाद यादवको ज्यान गएको छ । भारत मोतिहारीका हितलाल सहनी, राजेश मुखिया, अवधेश पासवान, राधे लोडीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै पर्सा वीरगञ्जका सरोज रामको सनाखत भएको मन्त्रालयले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex