२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भिमसेन मन्दिर पुनःनिर्माण सम्पन्न


प्रकाशित: आईतवार, २३ माघ २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । पाटन दरबार क्षेत्रस्थित विश्व सम्पदा सूचीकृत ऐतिहासिक भिमसेन मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।


भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति मार्फत मन्दिर पुनःनिर्माण कार्यले पूर्णता पाएको हो।सो मन्दिर समुदायको अगुवाईमा पुनःनिर्माण भएको पाटन दरबार क्षेत्रको पहिलो मन्दिर बन्न  पुगेको छ ।त्यति मात्र नभई पुनःनिर्माणमा लागेको कूल लागत मध्ये समुदायकै बढी हिस्सा ओगटिएको छ ।


मन्दिर पुनःनिर्माणमा ४ करोड ९३ लाख रकम खर्च भएको समितिले जनाएको छ।पुनःनिर्माणको लागि एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले १ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ प्रदान गरेको थियो।त्यसैगरी ललितपुर महानगरपालिकाबाट १ करोड रुपैयाँ, ललिपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसाल र क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम र वाग्मती प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्यको सांसद् विकास कोषबाट आर्थिक सहयोग उपलब्ध गराइएको थियो।बाँकी विभिन्न मनकारीहरुबाट रकम जुटाइएको अध्यक्ष महर्जनले जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माणमा काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) को प्राविधिक सहयोग रहेको छ ।


मन्दिर पुनःनिर्माण कार्य २०७५ माघ ७ गते शुरु गरिएको थियो । बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त दरबार क्षेत्रका मन्दिरहरु मध्ये भिमसेन मन्दिर समुदायले अपनत्व गरी पुनःनिर्माण थालेको पहिलो मन्दिर रहेको समितिका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो।मन्दिर पुनःनिर्माणले समितिले अघि सारेको हाम्रो सम्पदा, हामी आफै बनाऔं भन्ने नारा व्यवहारतः स्थापित भएको पनि समितिका अध्यक्ष महर्जनको भनाई रहेको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएको अवसरमा शनिबार धार्मिक पुजाको आयोजना गरिएको थियो ।


भूकम्पले क्षतिग्रस्त पाटनका अन्य पाँच सम्पदा कृष्णमन्दिर, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर मणिमण्डपका दुई पाटी, कृष्णमन्दिरको पुनःनिर्माणको कार्य सम्पन्न भइसकेको छ ।ती मन्दिरहरुको काठमाडौं उपत्यका संरक्षण कोष ‘केभिपिटी’ ले विभिन्न दातृ निकाय, राजदूतावासको सहयोगमा पुनःनिर्माण गरेको थियो ।


मन्दिर पुनःनिर्माणले सम्पदा पुनःनिर्माणमा स्थानीयको भूमिकाको रोल मोडेल स्थापित गरेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको भनाई रहेको छ संघले  ‘सीड मनी’  को रुपमा १० लाख रुपैयाँ राखेर पुनःनिर्माण कार्य शुरु गरिएको थियो ।निर्माण कार्यसंगै मनकारीहरुको सहयोग मिल्दै गएको पनि समितिले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex