१२ बैशाख २०८१, बुधबार
Header

भिडियो कन्फ्रेन्समा मन्त्रिपरिषद्को बैठकको आलोचना, बैधानिकतामाथि प्रश्न


प्रकाशित: मंगलवार, १० भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकको अध्यक्षता भिडियो कन्फ्रेन्समार्फत गरेपछि आलोचना भएको छ । 


प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्य विधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ ।


काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी संशोधन गरिएको कार्यविधि फिर्ता लिन सरकारसँग आग्रह गर्नुभयो । खाँणले प्रतिनिधिसभाको बैठकमा भने, ‘प्रधानमन्त्री स्वदेशमा नभए पनि उहाँकै अध्यक्षतामा बैठक सञ्चालन गर्नु ठीक होइन, भिडियो कन्फ्रेन्सबाट बैठक गर्दा सूचना चुहिने मात्र होइन, लिएको शपथ विपरीत हुन जान्छ ।’


प्रधानमन्त्री बाहिर जाँदा प्रधानमन्त्रीको कार्यभार तोकिएपछि पनि फेरि प्रधानमन्त्री अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाट बैठक बस्दा कार्यभार तोकिनुको अर्थ के रह्यो भनी खाँडले प्रश्न गरेका थिए । 


बैठकमा खाँणले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको तर्फबाट स्वास्थ्य उपचारको क्रममा सिङ्गापुरमा रहका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरे । 


भिडियो कन्फ्ररेन्सबाट प्रधानमन्त्री ओलीको अध्यक्षता ‘मन्त्रिपरिषदको बैठक’ बसेपछि यसको बैधानिकतामाथि भने प्रश्न उठेको छ ।


प्रधानमन्त्री ओलीले यसलाई मन्त्रिपरिषद बैठक भनेपनि सरकारका प्रवक्ता सुचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटले पत्रकारहरुलाई ‘मन्त्रिपरिषदको बैठक’ नभनि भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास भएको बताए । 


भिडियो कन्फ्ररेन्समा प्रधानमन्त्रीको स्वास्थ्य बारे कुराकानी, मन्त्रीहरुको स्वास्थ्य अवस्थाबारे चर्चा भएको मन्त्री वाँस्कोटाले पत्रकारहरुलाई जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD