१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भासिएको कमलादीको सडक कहिले बन्ला ?


प्रकाशित: शुक्रवार, २५ साउन २०८१, २१ः१० बजे
- महानगरखवर

काठमाडौं । अहिलेको काठमाडौं महानगरपालिकको भवन रहेको काठमाडौं प्लाजा छेउको कमलादी सडक भासिएको (भ्वाङ) परेको छ । 


हिजो विहिवार साँझ करिब ८ बजेको समयमा सो सडक भासिएपछि सो सडकबाट हुने एकतर्फी (वान वे) सडक यतिखेर बन्द भएको छ । 


सडक डिभिजन सडक कार्यालय काठमाडौं स्वामितवमा रहेको उक्त सडकमा करिब ५ मिटरभन्दा गहिरो र करिब १० मिटर भन्दा फराकिलो भ्वाङ परेपछि फुटपाथबाट हिड्न समेत बन्द गरिएको छ । 

 


सडक विभागका अधिकारहरुले सडक अवलोकन गरेपछि खोला (इच्छुमती)को कल्भर्टको टेको भत्किएर सडकमा भ्वाङ परेको प्रतिक्रिया दिएका छन । 


भ्वाङ तल ईटाको ग्राहो लगाएको देखिएको छ । वाललाई खोलाले खोलाले खोल्दै जाँदा इँटाको पर्खाल भत्केर फाटेर बस्यो त्यसपछि टुकुचाले माटो बगाएर लगेपछि भ्वाङ परेको विभागको अधिकारीहरुको भनाई छ । 


विभागले कमलादी सडक सञ्चालनमा आउन अब ३ महिना लाग्न सक्ने जनाएको छ । यो ठेक्का प्रक्रियामै जानु पर्ने भएको कारण पुननिर्माण सम्पन्न हुन ३ महिना लाग्ने बताएको छ ।

 


यस विषयमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले पनि आफ्नो भनाई राखेका छन । 


प्रमुख बालेनले त्यो खोलालाई अवरोध नगरी आफ्नै बाटोमा बग्न दिनुपर्ने तर्क राखेको छ ।


‘यो टुकुचा माथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौैं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौं,’ बालेनले लेखेका छन् ।


त्यतिबेला अदालती कारणले रोकिन परेको भन्दै उनले टुकुचा खोलाको क्षेत्राधिकार भित्रका व्यक्ति विशेषका नाममा त्रुटिबस हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको बताएका छन् ।


उनले भने, ‘सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने छ ।’

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर  

asteriskhubs
Home Page Bottom Second


maharjan complex