१४ बैशाख २०८१, शुक्रबार
Header

भारत र नेपालविच भएको ७ सम्झौता बारे जानौं  


प्रकाशित: विहिवार, १८ जेठ २०८०, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । भारतको नयाँदिल्लीस्थित हैदरवादमा नेपाल र भारतविच ७ सम्झौता भएको छ ।


विहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी नरेन्द्र मोदीसहित भएको द्धिपक्षिय वार्तामा नेपाल र भारतविच सो सम्झौता भएको छ । 


द्धिपक्षीय वार्तापछि भएको सम्झौतामा नेपाल र भारतबीचको व्यापार सन्धी नवीकरण, अमलेखगञ्ज–चितवन र सिलुगढी–झापा पेट्रोलियम प्रसारण लाइनको एमओयू छन । 


त्यसैगरी, नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्यको सम्झौता, चाँदनी दोधारामा एकीकृत जाँच पोष्ट निर्माण सम्झौता, फुकोट कर्णाली जलविद्युत परियोजना विकास सम्झौता छन । 


तल्लो अरूण जलविद्युत परियोजना विकास सम्झौता, भारत र नेपालबीच अन्तरदेशीय भुक्तानी सम्झौता भएको हो । 


आज भएको संयुक्त पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा मोदीले  कुर्था–बिजलपुरा रेलमार्ग नेपाललाई हस्तान्तरण गरेका छन । 


दुबै प्रधानमन्त्रीले बथनाहादेखि विराटनगरको नेपाल कस्टम यार्डसम्म भारतीय कार्गो रेल र नेपालगञ्जमा संयुक्त जाँच पोष्टको उद्घाटन गरे ।


भैरहवामा संयुक्त जाँच पोष्ट, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो खण्ड र गोरखपुर–बुटवल ४०० केभी प्रसारण लाइनको भारततर्फको खण्डको शिलान्यास भएको छ ।


पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली पक्षले भारतबाट अतिरिक्त हवाई रूटका लागि अनुरोध गरेको र भारतीय पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए ।


भारतीय प्रधानमन्त्री मोदीले वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने बताए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD