३० बैशाख २०८१, आइतबार
Header

भारत–पाक विच रेलवे सम्झौता पनि बन्द, झनै तनाव बढ्दै


प्रकाशित: विहिवार, २३ साउन २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । जम्मू –कश्मीरको विशेष राज्यको दर्जा खोसिएपछि बढेको तनावले भारत–पाक विच रेलवे सम्झौता पनि बन्द भएको छ । 


पाकिस्तानका रेलमन्त्री शेख रशिद अहमदले लाहौरबाट भारतको अटारीसम्म चल्ने सम्झौता एक्सप्रेस रेल सधैको लागि बन्द गर्ने घोषणा गरेको छ ।


मन्त्री अहमदले निर्णय सुनाउँदै भने,‘कश्मीरीमाथि उत्पीडन हुने र पाकिस्तानको सरकार तमासा हेरिरहने हुन सक्दैन । सम्झौता एक्सप्रेस सदा सदाका लागि बन्द गरिएको छ ।’


सम्झौता एक्सप्रेस भारत र पाकिस्तानबीच सातामा दुई दिन चल्ने रेलगाडी हो, जुन विभाजन अगाडिदेखि नै अटारीबाट लाहौरसम्म चल्दै आएको छ । 


सिमला सम्झौतापछि २२ जुलाई १९७६ मा लाहौरबाट अमृतसरसम्म चलाइएको थियो । तर १९९४ मा अटारीबाट लाहौरसम्म चलाउन थालियो ।


संविधानको अनुच्छेद ३७० निष्प्रभावी बनाएको प्रतिक्रिया स्वरुप पाकिस्तानले यो निर्णय लिएको हो । यस अघि भारतसँग व्यापारिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरिसकेको छ । 


त्यसैगरी पाकिस्तानले आफ्ना राजदूत, उच्च पदस्थ अधिकारीहरुलाई फिर्ता बोलाएर भारतसँग राजनीतिक स्थिती सिमित बनाएको छ । 


पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा भारतीय विमानलाई प्रवेश नदिने निर्णय पनि लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD