१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

भारत–पाकिस्तान युद्धः पाकिस्तानमा रहेको नेपाली सम्पर्कमा, प्रम र भारतीय राजदूतविच भेटवार्ता, काठमाडौंमा प्रदर्शन


प्रकाशित: शुक्रवार, २६ बैशाख २०८२, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । भारत–पाकिस्तान युद्धपछिको अवस्थामा नेपालले पनि आफ्‌ना नागरिकको लागि सर्तकता पहल गरेको छ । 


सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको बताएको छ ।

 
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको हो ।

 


भारत–पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग भएको थियो ।


‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’


मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परे सम्पर्क गर्न सक्ने गरी दूतावासका कर्मचारीलार्य जिम्मेवारी दिएको छ ।


प्रधानमन्त्री ओली र भारतीय राजदूतविच भेटवार्ता


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग शुक्रवार भेटवार्ता गरेका छन् ।


भारतीय राजदूत श्रीवास्तवले पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।


आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।


राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।


नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट प्रधानमन्त्री ओलीले राजदूत श्रीवास्तवसमक्ष गरेका छन् ।


यतिखेर दुवै देशले एक–अर्काको भूमिमा मिसाइल आक्रमण गरेका छन्। भारतले पाकिस्तानमा आतंकवादी संगठनहरूको अड्डामा निशाना बनाएर बुधबार बिहान आक्रमण गरेको थियो । 


नेपालमा पनि भारत–पाकिस्तान सम्भावित युद्धबारे चासो बढेको छ। छिमेकी मुलुक भएकाले भारत–पाकिस्तान फुल स्केल युद्ध हुँदा नेपाललाई प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्छ ।


काठमाडौंमा प्रदर्शन


मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा रहेको भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

 
समाजले युद्ध निषेधःशान्ति विशेष भन्दै दुवै दूतावास अगाडि शुक्रबार दिउँसो प्रदर्शन गरेका हुन । 

 


’युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सवैको जय हुन्छ, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्दछ। तसर्थ शान्तिको कुनै विकल्प हुदैन भन्दै युद्ध एवं आणविक अस्त्ररहित विश्वको परिकल्पनासहित जहाँ कहीँ पनि होस् युद्ध अन्त्यका लागि हामी निरन्तर युद्ध निषेधः शान्ति विशेष भन्ने आह्वानसहित अभियानरत छौं। त्यसमा पनि दक्षिण एसियालाई युद्धरहित क्षेत्र बनाऔं भन्ने आग्रहसहित हाम्रो अभियान दशकौदेखि जारी छ,’ शान्ति समाजले भनेको छ । 


नेपाली राजदूतावा दिल्लीको विज्ञप्ती

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex