काठमाडौं । भारत–पाकिस्तानविच केही दिन यता जारी युद्ध हाललाई रोकिने सहमति भएको छ ।
दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई बताएका छन ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् ।
भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।
‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ जारी एक विज्ञप्तीमा उल्लेख छ ।
दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिए बधाई
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान ’युद्धविराम’का लागि तयार भएकामा बधाई दिएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भनेका छन् ।
अमरिकाको मध्यस्थतामा रातभरि भएको कुराकानीबाट भारत र पाकिस्तान पूर्ण युद्धविरामका लागि तयार भएको जानकारी गराउन पाउँदा प्रसन्न छु,’ उनले ट्रुथ सोसलमा लेखेका छन् ।
दुई देशले बुद्धिमता देखाएको भन्दै ट्रम्पले भारत र पाकिस्तान दुवैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय