२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भारती मानन्धर माइतीघरमा बसिन अनशन


प्रकाशित: बुधवार, १७ असोज २०८०, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हत्या आरोपमा जेल साजय पाएका बाँकेका योगराज ढकाल (रिगल) आममाफी दिएको विरोधमा पीडित भारती मानन्धर अनशनमा बसेकी छिन । 


बुधवार विहानदेखि माइतीघरमा मानन्धरले सो आममाफीविरुद्ध अनशन सुरु गरेकी हुन । श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा आममाफी दिएको थियो । 


उनले हत्यारालाई पुन जेल चलानको माग गर्दै अनशन सुरु गरेकी बताएकी छिन । 


रिगलमाथि २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । 


उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 


रिगललाई आममाफी दिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभा बैठकमै प्रश्न उठाएका छन भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति पौडेललाई भेटेर आममाफीबारे तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex