२१ बैशाख २०८१, शुक्रबार
Header

भारती मानन्धरले फेरि थालिन अनशन


प्रकाशित: सोमवार, १३ कातिक २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । भारती मानन्धर शुक्रवारबाट माईतीघर मण्डलामा पुनः अनशन बसेकी छिन । 


मानन्धरले आफ्ना पति चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाई रिहा भएका योगराज ढकाल (रिगल) लाई पुन जेल सजाय दिन माग गर्दै अनसनलाई निरन्तरता दिएकी हुन । 


बाँकेका रिगलललाई सरकारबाट पाएको आममाफी विरुद्ध सर्वोच्चमा परेको रिटको सुनवाई जारी रहेको छ । मंगलबार रिगलको आममाफीका सम्बन्धमा सुनुवाइ हुँदै छ ।


असोज १७ देखि रिगलको विरुद्ध अनशन बस्दै आएकी मानन्धर यस अवधिमा उनी पटकपटक बेहोस भए पनि चिसो सडकको अनशन रोकेकी छैनन । 


नेपालगन्ज–८ का २९ वर्षीय मानन्धरमाथि २०७२ असार २८ मा धम्बोजी चोकमा रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो । 


रिगललाई जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय दिएको थियो ।


रिगलसहित हत्यामा संलग्न अन्य १२ जनालाई समेत कसुरअनुसार सजाय तोकेको थियो । झन्डै ५० प्रतिशत सजाय भुक्तानी गरेपछि रिगल गत संविधान दिवसका दिन रिहा भएका हुन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD