१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भारतीय सुरक्षाकर्मीलाई कार्वाही गर्ने सहमतिपछि टयांकर चालकको आन्दोलन फिर्ता


प्रकाशित: मंगलवार, ४ मंसिर २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । पेट्रोल बोकेर भारतबाट नेपालबाट आउदै गरेको टयांकर चालकलाई भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि आन्दोलनमा उत्रेको टयाङकर चालकहरुले सोमबारबाट आन्दोलन फिर्ता लिएको छ ।


सोमबार जोगवनीमा भारतीय अधिकारी र नेपाली अधिकारीहरु विच भएको वार्तामा भारतीय पक्षले गल्ती स्वीकार गर्दै आगामी दिनमा नेपाली चालकमाथि दुव्र्यवहार नगर्ने प्रतिबद्धता जनाएपछि सोमबार साँझबाट इन्धन ढुवानी सुचारु भएको हो । 


ट्याङ्कर चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने, नेपाली ट्याङ्कर चालकमाथिको दुव्र्यवहार रोकिनुपर्ने, चालकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनुपर्ने लगायतका माग राखेर आन्दोलन थालेका थिए ।


गत शनिवार बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेका थिए ।


सो वार्तामा विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारी, नेपाल आयल निगम प्रदेश नं १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादव, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घका अध्यक्ष गुणराज निरौला र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ प्रदेश नं १ का अध्यक्ष केशव आचार्य सहभागी थिए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex