१२ भाद्र २०८३, शुक्रबार
Header

भारतीय संसद आजातलाई दुश्मण घोषणा गर्न आग्रह


प्रकाशित: शनिबार, २९ बैशाख २०७५, ११ः५० बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जनकपुर भ्रमणमा रहेको बेला भारतीय संसद कीर्ति आजादले मिथिला जनकपुरलाई भारतको नयाँ राज्य बनाउने बेला आएको भनी दिएको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाएका छन् ।


नीधिले आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्न आग्रह गरेका छन् । आजादले मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर २ सय वर्षका लागि नेपाललाई दिइएको र त्यो समय सकिएकाले अब भारतले नै फिर्ता लिनुपर्ने आजादको तर्क राख्दै टिवट गरेका थिए ।

 
नीधिले कीर्ति आजाद नामको भारतीय सांसदको भनाईले दुवै देशको अखण्डताका लागि खतरा हुने बताएका छन् ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex